बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले मन्त्रालय सम्हालेको १०० दिनको कार्यप्रगति विवरण सार्वजनिक गरेकी छन् । गत ९ साउनमा मन्त्री नियुक्त भएकी तामाङले ‘प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रदेशसभाबाट पारि तभई प्रदेश राजपत्रमा प्रकाशनपछि कार्यान्वयनमा आएको बताइन् ।

‘प्रदेश औद्योगिक व्यवसाय ऐन’ र ‘प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन’ तयार गरी अन्य मन्त्रालयबाट राय लिई मन्त्रिपरिषद्मा पेश गर्ने प्रक्रियामा रहेको जानकारी दिइन् । मन्त्री तामाङले आर्थिक वर्ष २०८१/८२ का लागि स्वीकृत वार्षिक कार्यक्रम कार्यान्वयन कार्यविधि पारित गरी कार्यान्वयनमा ल्याइएको बताइन् । उनले उद्यमी व्यवसायीलाई प्रोत्साहन गर्दै ‘प्रविधि हस्तान्तरणसम्बन्धी कार्यविधि, २०७९’ मा आवश्यक संशोधन गरी प्रविधि हस्तान्तरण कार्यक्रम अघि बढाउने योजना रहेको उल्लेख गरेकी छन् ।

यस्तै, अविरल वर्षा र बाढीका कारण उद्योगमा भएको क्षतिका विवरण संकलन गरी प्रदेश नीति तथा योजना आयोगमा पठाइएको छ । मन्त्री तामाङले ‘नवप्रवर्तन उद्यमी सम्मान मापदण्ड, २०८१’ तर्जुमा गरी उत्कृष्ट उद्यमीलाई सम्मान गर्न यो वर्ष प्रदेशभरबाट १४ जना उद्यमी छनोट गर्ने योजना सार्वजनिक गरिन् ।

साना र घरेलु उद्योगको प्रवद्र्धन साना, घरेलु तथा लघु उद्योगको प्रवद्र्धनमा पनि मन्त्रालयले स्थानीयस्तरमा स्वरोजगारी सिर्जना गर्ने नीति अनुसार तालिम कार्यक्रमको मस्यौदा तयार गरी आर्थिक मामिला मन्त्रालयमा राय माग गरिएको मन्त्री तामाङले जानकारी दिइन् । चालु आर्थिक वर्षमा मात्रै करिब २ हजार १ सय ५६ नयाँ उद्योग र व्यापारिक फर्म दर्ता भइसकेको छ ।

पालिका प्रेस
थप जानकारी