मकवानपुर थाहा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौंट प्रतियोगितामा ५ स्वर्णसहित जनकल्यण माविले आग्रता लिएको छ । २९ कार्तिकबाट थाहानगरको इन्द्रायणी चौर खेल मैदानमा शुरु भएको प्रतियोगितामा इअन बोर्डिङ स्कूलले एक स्वर्ण हात पारेको छ ।
छात्रतर्फको सटफुट, छात्र र छात्रा दुवैतर्फको ८ सय मीटर दौड, एकसय मीटर इन्टु चार रिले दौडको छात्रछात्रातर्फको दुवैमा जनकल्यण माविले स्वर्ण पदक हात पारेको हो । त्यसैगरी इअन बोर्डिङ स्कूलले छात्रातर्फको सटफुटमा स्वर्ण पदक हात पारेको थाहा नगरपालिकाका शिक्षा अधिकृत सुर्य बहादुर थिङ्गले जानकारी दिए ।
प्रतियोगिता अन्तर्गत छात्रा सटफुटमा सुनौला माविले रजत र जनकल्याण माविले काश्य पदक पाएको छ । छात्रतर्फ बागेश्वरी माविले रजन जनकल्यण माविले नै काश्य पदक पाएको छ । ८ सय मीटर दौडमा बागेश्वरी माविले काश्य तथा झम्केश्वरी माविले रजत पदक पाएको छ भने छात्र तर्फ झम्केश्वरी माविले रजत र जनकल्याण माविले काश्य पदक पाएको हो ।
एकसय मीटर इन्टु चार रिले दौडमा छात्रातर्फ सुनौला माविले काश्य र नाटेश्वर माविले रजत पदक पाएको छ भने छात्रतर्फ सुनौला माविले काश्य र झम्केश्वरी माविले रजत पदक पाएको हो ।
मेयरकप छात्रछात्रा भलिबलमा ५ खेल सकिए
राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता अन्तर्गत छात्र र छात्रा भलिबल तर्फका गरी ५ खेल सकिएका छन् । २९ कार्तिकमा भएको छात्रातर्फको खेलमा सुन्दरी देवी मावि थाहा–७, नाटेश्वर मावि थाहा–१० विजयी भएका छन् । सुन्दरीदेवीले स्वच्छन्द भैरव माविलाई पराजित गरेको हो भने नाट्यश्वर माविले जनकल्याण माविलाई पराजित गरी विजयी भएको हो ।

त्यस्तै छात्रतर्फ सुन्दरीदेवी मावि थाहा–७, स्वच्छन्दभैरव मावि थाहा ९ र इअन बोर्डिङ स्कुल विजयी भएका छन् । सुन्दरीदेवीले सरस्वती विद्या मन्दिर थाहा–६ लाई पराजित गरेको हो भने स्वच्छन्दले मत्स्यनारायण माविलाई पराजित गरी विजयी भएको छ । त्यसैगरी इअनले बागेश्वरी मावि थाहा–११ लाई परािजित गरी विजयी भएको हो ।
कबड्डीमा एक मात्र खेल सम्पन्न
राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत २९ कार्तिकमा एउटा मात्र खेल सम्पन्न भएको छ । छात्रातर्फ भएको मत्स्यनारण र जकल्याणबीचको खेलमा जनकल्यण मावि विजयी भएको छ ।
मार्चापासमा नाटुयश्वरलाई उपाधी
राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत नाट्यश्वर मावि प्रथम भएको छ । प्रतियोगितामा स्वच्छन्द भैरव मावि थाहा–९ द्वितीय र भ्याली हार्ट एकेडेमी थाहा–३ तथा सुन्दरीदेवी मावि थाहा–७ चौथो भएको छ ।
मार्चपासमा १६ विद्यालयको सहभागिता रहेको शिक्षा अधिकृत सुर्य बहादुर थिङ्गले जानकारी दिए ।
सबै प्रतियोगिताको विजयी खेलाडी विद्यार्थी र विद्यालयलाई १ मंसिरमा पुरस्कार वितरण गरिनेछ ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्