मकवानपुर थाहा नगरपालिकाले प्राविधिक शिक्षा पढ्नको लागि छात्रवृत्ति दिने भएको छ । थाहा नगरपालिकाको ‘उपप्रमुख प्राविधिक छात्रवृत्ति वितरण कार्यविधि, २०८१’ बमोजिम छात्रवृत्ति दिनका लागि सूचना आव्हान गरेको छ ।

२७ कार्तिकमा प्रकाशित सूचनाको दरखास्त अवधि दिने ७ दिन तोकिएको छ । थाहा नगरपालिकामा स्थायी बसोबास भएका र प्राविधिक विषयमा स्नातक वा स्नातकोत्तर तह अध्ययन गरिरहेकालाई छात्रवृत्ति दिने नगरपालिकाले जनाएको छ ।

सूचना अनुसार चिकित्सा शास्त्र स्नातक तथा स्नातकोत्तर तह, इन्जिनियरिङ तथा स्नातकोत्तर तह, कृषि स्नातक, नर्सिङ स्नातक र अन्य प्राविधिक विषय पढ्न छात्रवृत्ति प्रदान गरिने सूचनामा उल्लेख छ ।

हेर्नुहोस सूचनाः