मकवानपुरमा एक किशोरको भीरबाट लडेर मृत्यु भएको छ । दुर्गम गाउँ कैलाश गाउँपालिका-२ छाङदुङका १७ वर्षीय पावल चेपाङको मनहरी गाउँपालिका-७ प्यान्चेभीरबाट लडेर मृत्यु भएको हो ।
चेपाङ मनहरीको प्यान्चे भीर हुँदै घरतर्फ जाने क्रममा आइतबार बेलुका भीरबाट मनहरी खोलामा खसेर घाइते भएका थिए ।
उनी भीरबाट ५० मिटर तल खसेका थिए । घाइते किशोरलाई उपचारका निम्ति नयाँ मेडिकल कलेज भरतपुर लगिएको थियो ।
सोमबार अपरान्ह उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्