मकवानपुर थाहा नगरपालिकाले पालुङ जेसिजकप फुटबलको उपाधि चुमेको छ । पालुङ जेसिजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत १५ मंसिरमा भएको संघसंस्थाबीचको फुटबल प्रतियोगितामा आयोजक पालुङ जेसिजलाई ४–१ को गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।
थाहा नगरपालिकाको इन्द्रायणी चौर खेलमैदानमा भएको फाइनल खेलमा उपाधि चुमेसंगै थाहा नगरपालिकाले शिल्ड, मेडल तथा प्रमाणपत्र पुरस्कार पाएको छ । विजयी खेलाडी तथा टिमलाई जेसिज सप्ताह समापन तथा पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथी मकवानपुर–२ का संघीय सांसद तथा नेपाल सरकारका प्रमुख सचेतक महेश कुमार बर्तौलाले पुरस्कार वितरण गरेका हुन् ।
विभिन्न चार टिमको सहभागीता रहेको मैत्रीपूर्ण टिमको सहभागिता रहेको प्रतियोगिताको संयोजक श्रीकृष्ण श्रेष्ठ रहेका थिए ।
प्रतिक्रिया दिनुहोस्