![](https://palikapress.com/wp-content/uploads/2024/12/Screenshot-2024-12-04-203257.png)
प्राकृतिक विपद्ले पूर्ण क्षति पुर्याएका विद्यालयको पुनः निर्माणको जिम्मा संघीय सरकारले लिने भएको छ । गत असोज १०, ११ र १२ गते परेको अविरल वर्षाले देशका विभिन्न क्षेत्रका विद्यालयमा क्षति पुर्याएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईका अनुसार विपद्का कारण विद्यालयमा पुगेको क्षतिको सन्दर्भमा सरकारले अध्ययन गरिरहेको छ । प्राकृतिक विपद्ले पूर्ण क्षति पुर्याएका विद्यालयको पुनः निर्माणको जिम्मा संघीय सरकारले लिने तय भएको छ ।
‘पूर्ण क्षति भएका विद्यालयहरूको जिम्मा संघ सरकारले लिनेछ । अरु क्षतिको सन्दर्भमा प्रदेश र स्थानीय सरकारमार्फत अहिले भएको बजेटबाट कति सक्नुहुन्छ गर्नुहोस् भनिएको छ,’ मन्त्री भट्टराईले भनिन् ।
मन्त्रालयका लागि नियमित रूपमा आउने बजेट र त्यसअन्तर्गत यसवर्ष काम नगरे पनि हुने कतिपय बजेटलाई विपद्मा परिचालन गर्ने गरी अर्थ मन्त्रालयबाट स्वीकृति लिएर अगाडि बढ्ने तयारीमा मन्त्रालय रहेको पनि उनले जानकारी दिइन् ।
प्रतिक्रिया दिनुहोस्