शिक्षा युवा तथा खेलकुद शाखा थाहा नगरपालिकाको आयोजनामा भएको मावि नगरस्तरीय शैक्षिक प्रदर्शनीमा पालुङ भ्याली हार्ट एकेडेमी प्रथम भएको छ । ९ पुसमा जनकल्याण माविमा भएको प्रदर्शनीमा झम्केश्वरी मावि द्वितीय र मत्स्य नारायण माविले तृतीय स्थान हासिल गरेका छन् ।

प्रथम भएको भ्याली हार्ट १९ पुसमा हेटौंडामा हुने जिल्ला स्तरीय प्रदर्शनीमा सहभागी हुनेछ ।विजयी विद्यालय र विद्यार्थीहरुलाई प्रमुख अतिथि थाहानगर प्रमुख विष्णु बिष्टले प्रमाणपत्र तथा पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान, जनकल्याण माविका प्रधानाध्यापक सानोभाइ कार्की, विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजिव स्याङ्तानले मन्तव्य व्यक्त व्यत्तः गरेका थिए ।

पालिका प्रेस
थप जानकारी