
नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य माधव सापकोटा ‘सुबोध’ ले वर्तमान सरकार बेथिति र भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताएका छन् । ‘यसका विरुद्ध माओवादी केन्द्रले देशैभर खबरदारी सभा मार्फत खबरदारी गरिरहेको छ’ सांसद सापकोटाले भने–‘जनतामा माओवादी, काँग्रेस, एमाले भन्ने पार्टी एउटै हो भन्ने भाष्य बन्न गएको हुँदा त्यसको स्पष्टताका लागि देशैभर खबरदारी कार्यक्रम शुरु गरिएका छौं ।’ १० पुसमा मकवानपुरको थाहानगरपालिका वडा नम्बर ७ बतासे डाँडामा आयोजित खबरदारी सभामा सपकोटाले यस्तो बताएका हुन् ।
माओवादीले १८ महिना सरकारमा रहेर प्रचण्ड नेतृत्वको सरकारले गरेको काम कै कारण जनताको माओवादीप्रतिको आश जिवितै राखेको बताउँदै उनले त्यो आशलाइ मर्न नदिने उल्लेख गरे । प्रचण्ड नेतृत्वले १८ महिने सरकारमा कुनै पनि भ्रष्टचार गरेको भए अहिलेको सरकारले कारबाही गरेर देखाउन सापकोटाले चुनौति दिए । छानबिन गर्दै जाँदा प्रचण्डको पनि पछिल्लो पटक नेपालको सहकारी प्रकरणहरुको प्रसंग कोट्याउँदै सापकोटाले थपे–‘वर्तमान सरकारले कानुनको आवरणमा दमन गरिरहेको छ ।’
माओवादी केन्द्र थाहा नगरपालिका वडा नम्बर ७ का अध्यक्ष मानबहादुर लो को अध्यक्षतामा सम्पन्न खवरदारी सभामा माओवादी मकवानपुर जिल्ला इन्चार्ज विजय गौतम, प्रदेश सदस्य तथा थाहानगर इन्चार्ज लवशेर बिष्ट, प्रदेश सदस्य तथा थाहानगर प्रमुख विष्णु बहादुर विष्ट, केन्द्रिय सहकारी विभागका विष्णुहरि ढकाल जंगली, जिल्ला समन्वय समिती सदस्य अरुण रायमाझी, बिनायक गोले, वाइसीएल केन्द्रिय सदस्य अरुण मोक्तान, माओवादी केन्द्र नगर अध्यक्ष बिनोद कुमार लामाले सभालाई सम्बोधन गरेका थिए।
यसैबीच खवरदारी सभाको अवसरमा नेकपा एमालेका थाहानगर सदस्य सानुकान्छा थिङ, नेपाली काग्रेसकी चन्चली बिक सहितविभिन्न व्यक्तिहरु माओवादीमा प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथी सापकोटा, जिल्ला इन्चार्ज बिजय गौतम, थाहानगर अध्यक्ष बिनोद कुमार लामालगायतकाले टीका तथा माला लगायर स्वागत गरेका थिए।
प्रतिक्रिया दिनुहोस्