filter: 0; jpegRotation: 0; fileterIntensity: 0.000000; filterMask: 0; module:1facing:0; hw-remosaic: 0; touch: (-1.0, -1.0); modeInfo: ; sceneMode: LLHDR; cct_value: 0; AI_Scene: (-1, -1); aec_lux: 0.0; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0;

नेकपा एमाले थाहानगर कमिटीका सदस्यहरुलाई गाउँ गाउँमा हुने विकास निर्माणमा निगरानी गर्न नेतृत्वले आग्रह गरेको छ । १५ पौषमा भएको पाँचौं नगर कमिटीको पूर्ण बैठकमा नगर अध्यक्ष सुरेन्द्रमान प्रधानले स्थानीय सरकार, प्रादेशिक र संघीय सरकारबाट बजेट विनियोजन भई काम हुने उपभोक्ता समिति वा ठेक्का विधिबाट जुनसुकै काम भएपनि निगरानी गरेर गुणस्तरको काम गराउन सचेत गराए ।

बैठकमा अध्यक्ष प्रधानले सरकारी वा गैसरकारी जुनसुकै निकायबाट हुने सेवा प्रवाह बारे सचेत रहदै सुशासन कायम गराउन भूमिका निर्वाह गर्नु पर्ने बताए । विभिन्न ७ वटा प्रस्तावहरुमा निर्णय गरेको एमाले थाहानगरको बैठकले पार्टी अनुशासन भंग गरेका कार्यकर्ताहरुलाई जिम्मेवारीबाट हटाएको छ ।

एमाले मकवानपुर जिल्ला कमिटी उपाध्यक्ष हिदम लामाको प्रमुख आतिथ्यतामा भएको बैठकमा लामाले मुलुक परिवर्तन एमालेले मात्र गर्न सकिने स्पष्ट देखेको बताउदै आफूले जिम्मा लिएका कामहरु इमान्दारिताका साथ बहन गर्दै अरुलाई पनि खबरदारी गर्न आग्रह गरे ।

बैठकमा एमाले जिल्ला कमिटी सदस्य विमल कुमार ढकाललगायतका नेताहरुको आतिथ्यता थियो ।

 

पालिका प्रेस
थप जानकारी