नेपाल बीमा प्राधिकरणले विभिन्न पदहरूमा कर्मचारी नियुक्तिका लागि विज्ञापन खुला गरेको छ। प्राधिकरणले आन्तरिक प्रतियोगिता, खुला तथा समावेशी प्रतियोगिताका माध्यमबाट दरखास्त आह्वान गर्दै इच्छुक र योग्य उम्मेदवारहरूलाई आवेदन दिन आह्वान गरेको हो ।कार्यक्षमताको मूल्यांकनद्वारा हुने बढुवाका लागि कार्यकारी निर्देशक एक, निर्देशक चार, उपनिर्देशक तीन र उपनिर्देशक(कानुन) दुई जना रहेको छ । त्यसैगरी आन्तरिक प्रतियोगिताद्वारा हुने बढुवाका लागि उपनिर्देशक एक जना रहेको छ ।
यसैगरी खुल्ला समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि सहायक निर्देशक खुल्ला, महिला र मधेशीतर्फ गरी पाँच र सहायक निर्देशक(कानुन) मा पनि पाँच जनाका लागि दरखास्त खोलेको छ ।
प्रतिक्रिया दिनुहोस्