नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) थाहानगर कमिटिको अध्यक्ष पदको आकांक्षी ७ जना देखिएका छन् । १९ पुसबाट शुरु भएको दोस्रो नगर अधिवेशनले नयाँ कार्य समिति चयन गर्नुपर्नेमा आकांक्षीको संख्या ७ जना पुगेको हो ।

अध्यक्षको आकांक्षीहरुमा बिनोद कुमार लामा, सुमन कार्की, नवराज विष्ट, प्रमोद गोपाली, दिपक लामा, लक्ष्मण विष्ट र गुमानसिंह मोक्तान रहेको माओवादी केन्द्र थाहानगरले जनाएको छ । २० पुससम्म पालिका कमिटिहरु टुङ्याउनु पर्ने केन्द्रिय सर्कुलर अनुसार नयाँ नगर कमिटी चयनको प्रक्रिया शुरु भएको हो ।

थाहानगर कमिटिका लागि ५१ सदस्य भने १९ पुसमै टुङ्गिएको छ । माओवादी थाहानगरका एक नेताले भने–‘हामी निरन्तर सहमतीको प्रयासमै छौ, छिट्टै नै सहमतीबाटै नेतृत्वको टुङ्गो लाग्छ, नलागे अन्तिम विकल्प चुनाव हुन्छ ।’ यस अघि पनि माओवादी थाहानगरमा निर्वाचन प्रक्रियाबाटै बिनोद कुमार लामा अध्यक्षमा निर्वाचित भएका थिए ।

पालुङ जेसिज सभाहलमा भएको अधिवेशनको माओवादी केन्द्रकी केन्द्रिय सदस्य तथा बागमती प्रदेश सांसद कुमारी मोक्तानले उद्घाटन गरेकी हुन् ।

थाहानगर अध्यक्ष बिनोद कुमार लामाको अध्यक्षता भएको अधिवेसन उद्घाटन समारोहमा माओवादी जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य बिजय गौतम, जिल्ला संयोजक भिम पाख्रीन, बागमती प्रदेश सांसद प्रेम बहादुर पुलामी ‘छिन्तु’, उपत्यका विशेष प्रमुख प्रकाश चन्द्र पाण्डे, प्रदेश सचिवालय सदस्य विष्णु बहादुर विष्ट, प्रदेश सदस्यहरु लवशेर बिष्ट, इन्द्र बहादुर श्रेष्ठलगायतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

पालिका प्रेस
थप जानकारी