
मकवानपुरको राक्सिराङ गाउँपालिकाको सरिखेतस्थित सूर्योदय माध्यमिक विद्यालयको छात्रावास भवनको शिलान्यास गरिएको छ । नेकपा (एमाले)का प्रमुख सचेतक मकवानपुर क्षेत्र नम्बर २ का सांसद् महेशकुमार बर्तौलाले २६ पुसमा यहाँ छात्रावास निर्माणका लागि भूमिपूजा गर्दै शिलान्यास गरेका हुन् ।
प्रमुखस चेतक बर्तौलाले विद्यालयको छात्रावास शिलान्यास गर्दै २ घण्टाभन्दा लामो समय हिँडेर विद्यालय आउनुपर्ने बाध्यता न्यूनीकरण हुने विश्वास व्यक्त गरे । ‘मैले निर्वाचनको बेला सार्वजनिक शिक्षालाई सुधार गर्नको लागि एक पालिका, एक आवासीय विद्यालय आवश्यक छ भनेको थिएँ । चालु वर्षमा राक्सिराङको सूर्योदय माध्यमिक विद्यालय र थाहानगरको झम्केश्वरी माध्यमिक विद्यालयबाट छात्रावास निर्माण सुरु भएको छ’ उनले भने ।
सहरी विकास मन्त्रालय मार्फत् बजेट व्यवस्था गरिएको विद्यालयको छात्रवास निर्माणका लागि सघन सहरी तथा भवन निर्माण आयोजना चितवनबाट ठेक्का आह्वान भएको थियो । १ करोड रुपैयाँ बजेट व्यवस्था गरिएको यो विद्यालयको छात्रवासका लागि सद्गुण निर्माण सेवा हेटौंडाले ६४ लाख ९२ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । आगामी २०८२ जेठ २६ गतेसम्म निर्माण सम्पन्न गर्नेगरी छात्रवासको निर्माण थालिएको हो ।
प्रतिक्रिया दिनुहोस्