हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१२ आलदमारमा नयाँ निर्माण गरिएको पक्की सडकको उद्घाटन् गरिएको छ । उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले  निर्माण गरिएको स्लाब ढलानको उद्घाटन् गरेका हुन् । नगभित्रनै भएपनि ओझेलमा परेको यस सडक निर्माणका लागि उपमहानगरपालिकाले ३४ लाख रुपैयाँ सहयोग गरेको थियो ।

यस क्षेत्रमा तीन तहकै सरकारको विकास निर्माणका लागि सडक निर्माणका लागि सहयोग गरिएको मेयर महतको भनाई छ । फेरी पनि यस क्षेत्रको विकासका लागि आफ्नो सहयोग रहेको उहाँले बताउनुभयो । पाँच मिटर चौडाइ रहेको यस सडकको लम्बाइ ३ सय ५० मिट रहेको छ । यस्तै हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१२ मा बलामी गुठी नजिक ग्याविन निर्माणको गरिएको छ ।

उपमहानगरपालिका र स्थानीय वासिन्दाहरुको सक्रियतामा ग्याबिन निर्माण गरिएको मेयर  महतले बताए । ग्याबिन नहुँदा यस क्षेत्रमा समस्या भएकाले कुल ४ लाख रुपैयाँ लागतमा ग्याबीन निर्माण गरिएको  बताउनुभयो । हेटौंडा १२ सहित यहाँका १९ वटै वडामा वर्षायाममा खोला, बाढी, पहिरोका समस्या भएको क्षेत्रमा ग्याबिन निर्माणका कामहरु भइरहेको  बताए ।

पालिका प्रेस
थप जानकारी