नेकपा ९एमाले०ले सञ्चालन गरिरहेको तीन महिने अभियान अन्तर्गत भीमफेदी गाउँपालिकामा चार वटा वडा कमिटीहरुको बैठक सम्पन्न भएको छ । हाल सम्म एमाले भीमफेदीको वडा नं। १, ५, ६ र ७ का कमिटीहरुको वैठक सकिएको छ । वडा कमिटीहरुको बैठकका क्रममा तीन महिने अभियानको कार्य योजना निर्माण तथा जनसरोकारका महत्वका विषयहरुमा छलफल भएको एमाले भीमफेदीका उपसचिव आशिष अस्लामीले जानकारी दिए ।

उपसचिव अस्लामीको अनुसार– “यस अवधिमा भीमफेदीमा एमालेले टोल टोलमा पुगेर भेलाको आयोजना गर्ने तथा पार्टीले गरेको राम्रा कार्यहरु बारे प्रकाश पर्ने, पार्टीमा सक्षम युवा नेतृत्व विकासको आधारशिला तयार पार्ने, पार्टीका सवै जनसंगठनहरुलाई आ–आफ्नो क्षेत्रको नेताको रुपमा स्थापीत गर्नका लागि जनतासंग जनसंगठन अभियान चलाउने, जनसंगठनहरुलाई चुस्त राख्ने, पार्टी स्कुलिङ सञ्चालन गर्ने, घरघर पुगेर जनतासंग प्रत्यक्ष सम्वाद गरी जनसरोकारका विषयहरुको पहिचान गर्ने, पार्टी सदस्यता नविकरण तथा नयाँ सदस्यता सिफारिस, एमालेका उपलब्धी तथा कमी कमजोरीको समिक्षा गर्ने लगायतका कार्य गर्ने गरी योजना बनेको छ ।” सम्पन्न भएका वडा कमिटीका वैठकहरुमा पनि यिनै महत्वपूर्ण विषयमा चर्चा भएको उनले बताए ।

तीन महिने अभियान २०८१ माघ, फागुन र चैत्र सम्म सञ्चालन हुने गतिविधिहरुको एकिकृत कार्यक्रम हो ।

पालिका प्रेस
थप जानकारी