मकवानपुर थाहा ननगरपालिका रनिङ शिल्ड शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । नगरस्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता वडा नम्बर १ को सुनौलो डाँडामा हुने भएको छ ।

नेपाल शिक्षक संगठन थाहानगरको आयोजनामा हुने प्रतियोगिता आउँदो १४, १५ र १६ फागुनमा हुने भएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले २५ हजार नगदसहित शिल्ड मेडल तथा प्रमाणपत्र पुरस्कार पाउने भएका छन् । द्वितीय हुने टिमले नगद १५ हजार, शिल्ड मेडल तथा प्रमाण पत्र तथा सेमिफाइनलबाट उपविजेता दुवै टिमलाई ५÷५ हजार रुपियाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, स्पाइकर, सेटर, सर्भर र डिफेण्डरलाई ट्रफी दिइने रुपचन्द्र गोपालीले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी