नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सुशासन र समृद्धिका पक्षमा देशव्यापी जनमत बढ्दै गएको बताएका छन् । मकवानपुरको बागमती गाउँपालिकाले निर्माण गरेको सहिद स्मृति रंगशाला तथा सातौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रयोगिताको शनिबार उद्घाटन गर्दै यस्तो बताएका हुन् ।

अध्यक्ष दाहालले देशैभरि नयाँ राष्ट्रिय एकता निर्माणको अभियान थालेको बताए । भ्रष्टाचारको अन्त्य नगरेसम्म राष्ट्रिय एकता कायम हुन नसक्ने उनले दाबी गरे । भ्रष्टाचारविरुद्ध सुशासनका पक्षमा, सामाजिक न्यायको पक्षमा र आर्थिक समृद्धिको पक्षमा देशभरि देखिएको चेतनाको लहर आएको उनको भनाई थियो । अध्यक्ष दाहालले स्थानीय सरकारले यसतर्फ ध्यान दिनु अत्यावश्यक रहेको औंल्याए ।

अध्यक्ष दाहालले आफ्नो पार्टीबाट जितेका पालिका र वडामा मत बढाउने तथा नजितेकामा जीत हात पार्ने गरी अघि बढ्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।

पालिका प्रेस
थप जानकारी