थाहा नगरस्तरिय प्रथम रनिङशिल्ड शिक्षक भलिबल प्रतियोगिताको उपाधी सुन्दरीदेवी मावि डाँडाबासले चुमेको छ । थाहा नगरपालिका वडा नम्बर ७ को सुन्दरीदेवीले महांकाल आधारभुत विद्यालय थाहा ११ लाई २५–२०, २५–१४, २३–२५ र २५–१४ को अन्तरले पराजित गर्दै प्रथम रनिङ शिल्ड आफ्नो कब्जामा पारेको हो ।

नेपाल राष्ट्रिय शिक्षक संगठन थाहानगर समितिको आयोजनामा फागुन १४ गतेदेखि भएको प्रतियोगिताका विजयी टिम तथा खेलाडीहरुलाई संगठनका मकवानपुर जिल्ला समितिका अध्यक्ष मुकुन्द न्यौपाने, थाहा नगरपालिका खेलकुद विकास समितिका संयोजक तथा वडा नम्बर १२ का अध्यक्ष टिकाराम स्याङ्तान र नेकपा एमाले थाहानगर कमिटीका अध्यक्ष सुरेन्द्रमान प्रधानलगायतले पुरस्कार वितरण गरेका थिए । समापन तथा पुरस्कार वितरण कार्यक्रम थाहानगर समितिका अध्यक्ष मनोज लामिछानेको सभाध्यक्षतामा भएको थियो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी सुन्दरीदेवी माविका शिक्षक प्रकाश चन्द बेस्ट स्पाइस, ब्लकरको उपाधी श्री महाकांल आधारभुत विधालयबाट सम्मिलित श्री कालिका आधारभुत विद्यालयका शिक्षक रुपक उप्रेती, बेस्ट लिफ्टर श्री मत्स्यनारायण माविका शिक्षक समीर नापित र बेस्ट सर्बर श्री सुन्दरी देवी माविका शिक्षक हरिकृष्ण कार्कीले हात पारेको कार्यक्रम संयोजक राम महर्जनले जानकारी दिए ।

प्रतियोगितामा सुनौला मावि, मत्स्यनारायण मावि, जनकल्याण मावि, दुर्गादेवी आवि, बज्रबाराही मावि, सुन्दरीदेवी मावि, इन्द्रायणी मावि, बुद्ध आवि, स्वच्छन्द भैरब मावि, नाटेश्वर मावि, महांकाल आवि र बागेश्वरी माविको सहभागी रहेको संगठनको सचिव सचिन बलले जानकारी दिए ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समितिका उपाध्यक्ष रुपचन्द्र गोपाली, सहसचिव सबिता लामिछाने, थाहानगर वडा नम्बर १२ का वडा सदस्य युबराज जिम्बा, थाहानगर शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख माधब बिक्रम मल्ल, स्थानीय स्काउट प्रमुख आयुक्त गणेशमान श्रेष्ठ, इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक सबिन बाबु अर्याल, थाहा नगर शिक्षा समिति सदस्य तथा नेपाल शिक्षण महासंघ थाहा नगर समितिका निवर्तमान अध्यक्ष राजाराम कार्की, एकीकृत अखिल नेपाल शिक्षक संगठन थाहानगर समितिका अध्यक्ष मनोज रायमाझी, अखिल नेपाल शिक्षक संगठन थाहानगर समितिका अध्यक्ष सुजिन्द्र गोले, विभिन्न विधालयका प्रअ, सहयोगी दाताहरुलगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्तिथि रहेको संगठनका उपाध्यक्ष तथा कार्यक्रम संचालक कृष्ण भट्टले जानकारी दिए ।

कार्यक्रममा ६० वर्षको संघारमा समेत खेलमा उच्च प्रदर्शन गरेका जनकल्याण माविका सानोभाइ कार्की, बज्रबाराही माविका पुरुषोत्तम सुवेदी, शारीरिक रुपमा असक्त भएर पनि उत्साहपुर्वक खेल प्रस्तुत गर्ने बुद्ध आविका सानुकान्छा घलानलाई कदरपत्र, सहयोगी दाताहरुलाई कदरपत्र तथा कार्यक्रमलाई सम्पन्न गर्न अहोरात्र खटिने संगठनका रुपचन्द्र गोपाली, कृष्ण भट्ट, राम महर्जन, बीरमान लामा, सबिना अर्याल र सचिन बललाई अध्यक्षको तर्फबाट कदरपत्र, बिजयी विद्यालयका शिक्षकहरुलाई नगद, प्रमाणपत्र, शील्ड तथा मेडलले सम्मान गरिएको कार्यक्रमका सहसंयोजक मनोज गोपालीले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी