
नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, नेपाल थाहानगर कमिटीको अध्यक्षमा सुमन रायमाझी निर्विरोध निर्वाचित भएका छन् । २१ फागुनमा भएको थाहानगर अधिवेशनले रायमाझीको नेतृत्वमा ३१ सदस्यीय नगर कमिटी सर्वसम्मत निर्वाचित गरेको निर्वाचन मण्डलकी अध्यक्ष प्रतिमा श्रेष्ठले जानकारी दिइन् ।
कमिटीको उपाध्यक्षमा प्रविण घलान, सचिवमा धनबहादुर गोले, उपसचिवद्धयमा सुशान कार्की, यार्साङ बल र कोषाध्यक्षमा रोजन बस्नेत निर्वाचित भएका छन् । कमिटीको सदस्यहरुमा रेशिम प्रधान, विष्णु बहादुर गोले, संजिव श्रेष्ठ, विराज थापा, संग्राम कार्की, सुरेन्द्र बर्तौला, सुमन गोले, सुवाष पाख्रिन, मिनबहादुर पाख्रिन, नवराज विडारी, पुष्कल थापा मगर, सुमन गर्तौला, विवश थिङ, देवेन्द्र घलान, दिपक थिङ, प्रशान्त बस्नेत, अनिल श्रेष्ठ, मनोज गमाल, अमिर गोपाली, सुमन गोले, शक्तिमान गोले, बुद्ध स्याङ्तान र सुकराम बल निर्विरोध हुनु भएको छ ।
यसैगरी साइवर सर्कल प्रमुखमा सुरज केसी र प्रचार विभाग प्रमुखमा विराजन बस्नेत निर्वाचित भएका छन् । अधिवेशन आयोजक कमिटी संयोजक देवेन्द्र थोकरको अध्यक्षता र राष्ट्रिय युवा संघ, नेपालका केन्द्रीय सदस्य एवम् मकवानपुर ईञ्चार्ज प्रतिमा श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा युवा संघका केन्द्रीय सदस्य राजन थोकर, प्रदेश सदस्य तथा थाहा ईञ्चार्ज सुरेश रुम्बा, जिल्ला अध्यक्ष राजेश नगरकोटी, युवा संघ केन्द्रीय निर्वाचन आयोग सदस्य रुपेश श्रेष्ठ, केन्द्रीय लेखा आयोग सदस्य सुनिल खत्री, एमाले प्रदेश सदस्य बरिना बल, पूर्व प्रदेश सदस्यहरु श्यामभक्त श्रेष्ठ, बुद्धरत्न मानन्धर, जिल्ला सदस्यहरु शशीधर सुवेदी, विमल कुमार ढकाल, हरि गोपाली, सुनिता दोङ, तुलसा विष्ट, पार्टी नगर अध्यक्ष सुरेन्द्रमान प्रधान, उपाध्यक्ष हेमकुमार थिङ, सचिव सुजनकुमार रायमाझी, पूर्व जिल्ला सदस्य शिवराम थापा, नगर कमिटीका सदस्यहरु, जनवर्गीय संगठनका अध्यक्षहरुलगायतको आतिथ्यता थियो ।
अधिवेशनमा प्रमुख अतिथि प्रतिमा श्रेष्ठ, विशिष्ट अतिथिहरु बरिना बल, सुरेश रुम्बा, राजेश नगरकोटी, शशीधर सुवेदी, विमलकुमार ढकाल, सुरेन्द्रान प्रधान, हेमकुमार थिङ, सुजनकुमार रायमाझी र देवेन्द्र थोकरले युवा संघको आवश्यकता औंल्याएका थिए । नवनिर्वाचित कमिटीलाई प्रमुख अतिथि श्रेष्ठले पद तथा गोपिनियताको शपथ गराइन् ।
प्रतिक्रिया दिनुहोस्