
यस वर्षको एसईई परीक्षा ७ चैत्रबाट शुरु हुँदैछ । मकवानपुरमा २८ परीक्षा केन्द्रबाट ७ हजार ४५६ विद्यार्थीले परीक्षा दिदैछन् । परीक्षाका लागि थाहा नगरपालिकामा तीन र ईन्द्रसरोवर गाउँपालिकामा एउटा परीक्षा केन्द्र तोकिएको छ । थाहानगरको ३ परीक्षा केन्द्रमा ६०२ र इन्द्रसरोवरको एउटा परीक्षा केन्द्रबाट ११० जनाले परीक्षा दिने भएका छन् ।
थाहा नगरपालिकाको जकल्याण मावि परीक्षा केन्द्रमा ८ वटा विद्यालयको २१६ जना परीक्षार्थीले परीक्षा दिनेछन् । ति मध्ये ४४ जना ग्रेडवृद्धिका लागि परीक्षा दिदैछन् । जनकल्याणमा इन्द्रायणी मावि आग्राको नियमित तर्फका २६ र ग्रेडवृद्धिका ५ गरी ३१ जना, लेकाली बसिफाँट माविका २३ नियमित र ग्रेडवृद्धिका १४ गरी ३७ जना, झम्केश्वरी माविका नियमित २७ र ७ ग्रेडवृद्धिका गरी ३४ जना, सरस्वती मावि आग्राका २६ नियमित र ९ ग्रेड वृद्धिसहित ३५ जना, पालुङ इङ्लिस आवासिय माविका १४ नियमित र २ ग्रेड वृद्धिका गरी १६ जनाले परीक्षा दिदैछन् । पालुङ भ्याली हार्ट एकेडेमीका २० नियमित र ४ ग्रेड वृद्धिसहित २४ जना, पालुङ मोर्डन इङ्लिस मिडियम स्कूलका नियमिततर्फका ४ र १ जना ग्रेडवृद्धिको गरी ५ जना र मत्स्यनारायण मावि सोल्टूको ३२ नियमित र २ जना ग्रेड वृद्धिसहित ३४ जनाले एसईई परीक्षा दिने छन् ।
त्यस्तै मत्स्य नारायणमा मावि सोल्टू परीक्षा केन्द्रमा १०२ जना नियमित र ४५ जना ग्रेड वृद्धितर्फको सहित १४७ जनाले परीक्षा दिदैछन् । जसमा जनकल्याणका नियमिततर्फका ४१ र ग्रेडवृद्धिका ३५ गरी ७६ जना, सुरन्दरीदेवी मावि डाँडाबासका नियमिततर्फका १९ र ग्रेडवृद्धिका ८ गरी २७ जना र हिमालयन बोर्डिङ स्कूलका नियमिततर्फका ४२ र ग्रेडवृद्धितर्फ २ गरी ४४ जना विद्यार्थीले परीक्षा दिदैछन् ।
बज्रवाराही मावि थाहा ६ परीक्षा केन्द्रमा ७ वटा विद्यालयको परीक्षा केन्द्र तोकिएको छ । बज्रवाराहीमा नियमिततर्फ २०६ र ग्रेडवृद्धितर्फ ३३ जना गरी २३९ जना परीक्षार्थीले एसईई परीक्षा दिदैछन् । बज्रवाराहीमा बागेश्वरी मावि टिष्टुङको नियमिततर्फका ७० र ग्रेडवृद्धितर्फ २० गरी ९० जनाले परीक्षा दिदैछन् । सुनौला मावि कुन्छालका २१ नियमित र ३ ग्रेडवृद्धिका गरी २४ जना, सरस्वती बालबोधनी मावि मार्खुका १२ नियमित र १ ग्रेडवृद्धिका गरी १३ जना, स्वच्छन्द भैरव मावि चित्लाङका २६ नियमित र २ ग्रेड वृद्धिसहित २८ जना, नाटेश्वर मावि टौखेलका नियमित तर्फका २० जना र सरस्वती विद्यामन्दिर बज्रवाराहीका नियमिततर्फका ३० र १ जना ग्रेड वृद्धिका लागि परीक्षा दिदैछन् ।
यसैगरी इन्द्रसरोवर गाउँपालिकाको एक मात्र परीक्षा केन्द्र सरस्वती बालबोधनी मावि मार्खुमा नियमिततर्फका ९० र ग्रेडवृद्धिका २० सहित ११० जनाले परीक्षा दिदैछन् । सरस्वती बालबोधनीमा महाचुनी मावि फाखेलका १२ नियमित र २ ग्रेड वृद्धिका गरी १४ जना, पञ्चकन्या मावि कुलेखानीका नियमिततर्फका १८ र २ ग्रेड वृद्धिका गरी २० जना, बज्रवाराही माविका नियमित तर्फका २३ र ग्रेडवृद्धिका ७ गरी ३० जनाले परीक्षा दिदैछन् । कालिका मावि चखेलका नियमित २२ र २ ग्रेडवृद्धिका गरी २४ जना र वत्सलादेवी मावि सिस्नेरीका नियमित तर्फका १५ र ७ ग्रेड वृद्धिका गरी २२ जनाले एसईई परीक्षा दिने शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख सुदीप गिरीले जानकारी दिए ।
एसईई परीक्षाका लागि मकवानपुरमा २८ जना केन्द्राध्यक्ष, ५१ जना सहायक केन्द्राध्यक्ष, ३७४ निरीक्षक, ७६ परीक्षा सहायक, १५० कार्यालय सहयोगी र ४२० जना सुरक्षाकर्मी खटाइएको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्