बाँकेको डुडुवा गाउँपालिकाले छात्रा प्रोत्साहनअर्न्तगत माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका छात्राहरुलाई साइकल वितरण गरेको छ ।

उच्च शिक्षा हासिल गर्नका लागि गाउँबाट बजार आउन सहज होस् भन्ने उद्देश्यले २०७७ सालमा एसईई पास गरेका गाउँपालिकाका ५ वटा माध्यमिक विद्यालयका १ सय २२ जना छात्रालाई साइकल वितरण गरिएको हो ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले किशोरीहरुलाई उच्च शिक्षा हासिलका लागि बजार आउजाउ गर्न मद्दत पुग्ने बताए । उनले विशेषगरी मधेसी समुदायका किशोरीहरु साधारण कक्षा पढेपछि विभिन्न कारणले उच्च शिक्षा हासिल गर्न नसकेको समस्यालाई निराकरण हुने उनको भनाइ छ । अध्यक्ष चौधरीले उच्च शिक्षा हासिल गर्न डुडुवामै क्याम्पसको स्थापनाका लागि पहलसमेत थालिएको जानकारी दिए ।

गाउँपालिकामा गत वर्षसम्म ५ वटा मावि रहेकोमा यस वर्ष २०७८ मा शाहपुर्वा मावि कम्दी र जनता मावि होलियाको स्तरवृद्धि गरी मावि बनाइएको छ ।

पालिका प्रेस
थप जानकारी