मकवानपुरको राक्सिराङ गाउँपालिकामा पनि खानेपानीको गुणस्तर परीक्षण प्रयोगशाला स्थापना भएको छ । विकट गाउँका खानेपानीको मुहान तथा धाराको पानीको गुणस्तर जाँच गरी स्थानीयको स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्धेश्यले प्रयोगशाला सञ्चालनमा ल्याइएको हो ।
राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले राक्सिराङ ५ ठाडेचुरीमा रहेको प्रयोगशालाको उद्घाटन गरेका हुन् । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) मार्फत welt hungerhilfe को सहयोगमा प्रयोगशाला स्थापाना गरिएको हो । १२ लाख रुपैयाँ लागतमा स्थापित प्रयोगशालामा खानेपानीका विभिन्न ११ प्रकारका परीक्षण गरिने जनाइएको छ ।
प्रयोगशालामा खाोपानीमा आइरन, क्लोराइड, फस्फोरेट, कोलिफर्मलगायतको मात्राको परीक्षण हुनेछ । हेटौंडा र चितवनमा महङ्गोे शुल्कमा खानेपानी परीक्षण गर्नुपर्ने बाध्यता हटेको बताउँदै राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले गाउँपालिकाले निर्णय गरी सुलभ परीक्षण शुल्क निर्धारण गरिने बताए ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्