शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशभरका सार्वजनिक विद्यालय नक्सांकनको तयारीमा रहेको बताएका छन् ।  राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले देशभर सार्वजनिक विद्यालयको अवस्था डिजिटल वेबसाइटमार्फत हेर्न सकिने गरी नक्सांकनको तयारी भइरहेको जानकारी दिए । देशभरका सार्वजनिक विद्यालयमा के आवश्यक छ, त्यो अनलाइनमार्फत हेरेर आवश्यकताअनुसारका भौतिक पूर्वाधार, आइसीटी ल्याब, घेराबारलगायत शीर्षकमा बजेट छुट्याउन सकिने उनको भनाइ छ ।

‘सबै विद्यालयको भौतिक अवस्था, विद्यार्थीको संख्या वेबसाइटमा अपडेट भएपछि त्यहाँ चाहिने आवश्यक पूर्वाधार, आइसीटी ल्याब बनाउने गरी मन्त्रालयले तयारी गरेको छ,’ मन्त्री पौडेलले भने, ‘कुन जिल्लाको कुन विद्यालयको अवस्था कस्तो छ भन्ने अब वेबसाइटमा हेरेर थाहा हुन्छ ।’मन्त्रालय आउने सबैले सार्वजनिक शिक्षा सुधारको कुरा नगर्ने बताउँदै अधिकार प्राप्तिको कुरा लिएर आउने गरेको उनको अनुभव छ । विद्यालय राम्रो बनाउन प्रधानाध्यापक नै सक्रिय हुनुपर्ने बताउँदै व्यवस्थापन समितिको समन्वयमा विद्यालय नमुना बनाउन सकिने तर्क शिक्षामन्त्रीको छ ।

उनले आवश्यक १८ हजार शिक्षकको विज्ञापन भएर परीक्षाको चरणमा रहेको उल्लेख गरे ।  ७५३ स्थानीय पालिकामा प्राविधिक तथा बहुप्राविधिक शिक्षालय पु¥याउने काम भइरहेको बताउँदै भएकालाई नियमन गरी थप व्यवस्थित गरिने उनले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी