नेकपा माओवादी थाहानगर कमिटिको अध्यक्षमा विनोद लामा निर्वाचित भएका छन् । लामा लामो कसरतपछि सर्वसम्मत निर्वाचित भएका हुन् । १५ वैशाखमा भएको कार्यक्रमबाट उनी सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् ।

नगर कमिटिको उपाध्यक्षहरुमा प्रमोद गोपाली, दिपेन्द्र कुमार थिङ तथा जयराम जोशी सर्वसम्मत निर्वाचित भए । त्यस्तै सचिवमा लक्ष्मण विष्ट, कोषाध्यक्षमा मंगल बहादुर मुक्तान, सहसचिवद्वयमा जमिन दियाली र अनिता बल तथा अन्य सदस्यहरु निर्वाचित भएका छन् ।

यसअघि १९ पुसमा भएको माओवादीको नगर अधिवेशनले नगर कमिटिमा ५१ सदस्य चुनेको थियो । अध्यक्ष भने हालसम्म पनि चुन्न सकेको थिएन ।

हेर्नुहोस नामावलीः

पालिका प्रेस
थप जानकारी