
हेटौंडा उपमहानगरपालिकाका एकल महिलालाई सिलाइ कटाइ मेसिन हस्तान्तरण गरिएको छ । मानव अधिकारका लागि महिला एकल महिला समुह मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिका महिला, बालबालिका तथा समावेशीकरण शाखाको आर्थिक सहयोगमा एकल, विपन्न तथा सीमान्तकृत महिलाहरुलाई सिलाइ मेसिन वितरण गरिएको हो।
व्यवसायीक रुपमा सिलाइबुनाइको काम गरिरहेका एकल महिला मेसिन, धागो, कैँची गरी दुई लाख बजेट बराबरको सामान हस्तान्तरण गरिएको मानव अधिकारका लागि महिला एकल महिला समुहकि प्रदेश अधिकृत अप्सरा अर्यालले जानकारी दिइन् ।
हेटौंडा उपमहानगरपालिकाकि मेयर मिनाकुमारी लामा, महिला, बालबालिका शाखा प्रमुख विष्णु कुमारी लामिछाने र मानव अधिकारका लागि महिला एकल महिला समुह मकवानपुर अध्यक्ष सर्वदा चौलागाईंले सयुक्त रुपमा मेसिन हस्तान्तरण गरेका थिए।
१९ वटै वडालाई समावेश गरिएको र १२ वटा वडामा मात्र सिलाइ सिकेका एकल महिला भेटिएकोले १२ जनालाई मात्र समावेश गरिएको जानकारी दिइएको छ।
प्रतिक्रिया दिनुहोस्