सांकेतिक फोटो

मकवानपुरको मनहरी गाउँपालिका-५ डिल्लीपुरबाट विगत केही दिनदेखि हराइरहेका एक युवक मृत अवस्थामा फेला परेका छन्।

घरमा कसैलाई नसोधी घरबाट हराइरहेका मनहरी ५ डिल्लीपुरका  ३५ वर्षीय बिष्णु प्रसाद सापकोटा घर भन्दा २ किलोमिटर पर रहेको कोइलाडाँडा स्थित थलीको सोमबार मृत अवस्थामा फेला परेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् । विगत केही दिनदेखि हराइरहेको उनको खोजी गर्ने क्रममा उक्त जंगलमा मृत अवस्थामा फेला परेको जनाइएको छ।

प्रहरी निरीक्षकको टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।

पालिका प्रेस
थप जानकारी