मकवानपुरको थाहा नगरपालिका–३ मा सोमबार बेलुका भएको बस दुर्घटनाबाट थाहाको एक माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीहरु शोकमा परेका छन् । थाहा नगरपालिका–१ ओखरगाँउस्थित झम्केश्वर माविले बस दुर्घटनामा दुई शिक्षक गुमाएको छ भने दुई शिक्षक घाइते भएका छन् ।
स्कुल पढाएर ‘इभिनिङ वाक’मा हिँडिरहेका उनीहरुलाई बस ब्रेक फेल भएर थाहा नगरपालिका–३ नेपाल विद्युत् प्राधिकरणको कार्यालय नजिकै सप्तरी विष्णुपुर–५ लोकेन्द्रकुमार ठाकुरको घटनास्थलमै मृत्यु भयो । उनी झम्केश्वरी माविमा नेपाली पढाउँथे । यसैगरी उक्त दुर्घटनामा सिराहा औराही नगरपालिकाका ३३ वर्षीय रघुनन्दन यादवको उपचारका क्रममा काठमाडौंस्थित ट्रमा सेन्टरमा मृत्यु भयो । उनी झम्केश्वरी माविका विज्ञान शिक्षक थिए ।
उक्त दुर्घटनामा घाइते भएका बारा जितपुर सिमराका ३२ वर्षीय छेयाङ दोर्ज लामा र बारा कोल्बिका ३० वर्षीय रामगुलाम चौधरी घाइते छन् । उनीहरु त्यस विद्यालयका गणित शिक्षक हुन् । चौधरी र लामाको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचार भइरहेको छ । ‘विद्यालय अहिले शोकमा डुबेको छ,’ झम्केश्वरी माविका गणेशमान श्रेष्ठले भने, ‘मृतकद्वय शिक्षक विद्यालयका अब्बल शिक्षक हुन्, स्कुलले अपूरणीय क्षति व्यहोरेको छ ।’ घाइते दुई शिक्षकको शीघ्र स्वास्थ्य लाभको पनि उनले कामना गरे ।

शिक्षकद्वयको दु:खद् निधनमा थाहा नगरपालिका अन्तर्गतका सबै विद्यालयको मंगलबार पठनपाठन बन्द गरेको छ । उक्त विद्यालयमा १८ जना शिक्षक कार्यरत रहेका छन् भने २ सय ५५ जना विद्यार्थी अध्ययनरत छन् । उक्त दुर्घटनामा शिक्षक मात्र होइन, थाहा नगरपालिकास्थित मालपोत कार्यालयका लेखनदास थाहा नगरपालिका–९ चित्लाङका ४० वर्षीय लेखापढी व्यवसायी कृष्ण बलामीको मृत्यु भएको छ । दुर्घटनामा मालपोत कार्यालय शिखरकोटमा कार्यरत कर्मचारी कमलेशकुमार साह सख्त घाइते भएका छन् । उनको उपचार काठमाडौैंमा भइरहेको छ ।
चार जना शिक्षक र दुई जना मालपोतमा कार्यरत साथीहरूसहित ६ जना गफिँदै इभिनिङ वाक हिँडिरहेको अवस्थामा थाहा नगरपालिका–३ शिखरकोट बजारबाट थानाबजारतर्फ जाँदै गरेको बा ३ ख ५९९० नम्बरको बस ब्रेक फेल भएर उनीहरूलाई ठक्कर दिनुको साथै किचेको थियो ।
ब्रेक फेल भएको बस थाहा नगरपालिकाको उप–मेयर भरत गोपालीको घर भित्र बस पसेको थियो । बस चालक मकवानपुर थाहा नगरपालिका–५ बसन्त २९ वर्षीय राजेश कार्की प्रहरी नियन्त्रणमा रहेका छन् । बसमा यात्रुहरू भने थिएनन् ।



















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्