नीति योजना आयोग बागमती प्रदेश उपाध्यक्ष डाक्टर गंगादत्त नेपालले खानेपानीको सुरक्षाको लागि मुहानदेखी नै सुरक्षा व्यवस्थापनलाई व्यवस्थित गर्नुपर्ने बताएकाछन् । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ मकवानपुरले आयोजना गरेको खानेपानी सरसफाइ व्यवस्थापन सम्बन्धी योजना व्यवस्थापन तालिममा उनले यस्तो बताएका हुन् ।

पानीको मुहानको संरक्षण पाइप, ट्याङ्की, चेम्बरहरूको मर्मतदेखि सबै सवालमा संस्थागत दीगोपना अनिवार्य भएको नेपालले बताए । खुला दिशा मुक्त देश घोषणा भए पनि पुर्ण सरसफाइको सवालमा धेरै काम गर्न बाँकी रहेको उनले बताए ।

महासंघ जिल्ला अध्यक्ष कृष्ण राईको अध्यक्षतामा भएको कार्यक्रममा महासंघ केन्द्रिय उपाध्यक्ष गौतमबुद्ध लामा, बागमती प्रदेश अध्यक्ष बद्रीप्रसाद देवकोटा, सचिब तेजराज पाण्डे, नगर अध्यक्ष भिमा गुरागाई, हेटौंडा ५ का वडा अध्यक्ष सुशील घिमिरेलगायतको उपस्थिति रहेको थियो । हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित तालिममा हेटौंडाको वडा १, ५ र ११ का उपभोक्ता समितिका पदाधिकारी तथा उपभोक्ताहरूको सहभागीता रहेको महासंघ जिल्ला सचिब चन्द्र योन्जनले जानकारी दिए ।

तालीममा बद्रीप्रसाद सापकोटाले योजना व्यवस्थापन सम्बन्धी, सुजन तिमल्सिनाले ऐन कानुनलागयको सवालमा र सञ्जय ठकुरले पानीको गुणस्तर बारे सहजीकरण गरे ।

पालिका प्रेस
थप जानकारी