पाल्पाको बगनासकाली गाउँपालिकाले एकै भवनबाट कृषि, पशु र आयुर्वेद सेवा दिन थालेको छ । स्थानीयवासीलाई सहज सेवा प्रवाह गर्ने गरी पालिकाले एक भवनबाट सेवा दिन सुरु गरिएको हो ।

यहाँको वडा नं २ र ३ लाई पायक पर्ने गरी कृषि, पशु तथा आयुर्वेदको एकीकृत सेवा शुभारम्भ गरिएको छ । वडा नं ३ आर्यभञ्ज्याङस्थित यसअघि सेवा रोकिएको पशु सेवा केन्द्रको भवनबाट एकीकृत सेवा सञ्चालन गरिएको हो । विभिन्न स्थानमा कार्यालय धाउँदा नगारिकले सास्ती खेप्नुपर्ने भएको हुँदा त्यसलाई दृष्टिगत गर्दै एकै स्थानबाट सेवा प्रवाह गरिएको गाउँपालिकाका प्रवक्ता लक्ष्मीप्रसाद अधिकारीले बताए ।

उनी भन्छन्, ‘गाउँपालिकाले कर्मचारी र सेवाग्राहीमा आवश्यक समन्वय गरी सेवालाई थप प्रभावकारी बनाउने गरी प्राविधिक उपलब्ध गराउनेछ, एकीकृत सेवाले महत्वपूर्ण टेवा पुग्ने विश्वासका साथ थालनी गरिएको छ । भौगोलिक कठिनाइका कारण विभिन्न स्थानमा रहेका कार्यालयमा सेवा लिन जाँदा आवतजावतमा नागरिकले झमेला भोग्दै आएका थिए ।