मकवानपुरको इन्द्रसरोवर गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने ‘अध्यक्ष कप महिला भलिबल तथा पुरुष फुटबल प्रतियोगिता’को मिति सरेको छ । यसअघि खेलकुद विकास समिति इन्द्रसरोवरको ८ जेठको निर्णयानुसार २३ जेठबाट प्रतियोगिता हुने भनिएकोमा अब २६ जेठबाट हुने भएको हो । खेलकुद विकास समिति इन्द्रसरोवरको २१ जेठको निर्णय अनुसार २६ गतेबाट प्रतियोगिता हुने अध्यक्ष रत्नबहादुर थापाले जानकारी दिए ।
प्रतियोगिता इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ को हेवी खेल मैदानमा हुने भएको छ । प्रतियोगितामा भाग लिने टिमहरुले २५ जेठसम्म कार्यालय समयभित्र टिम दर्ता गर्नका लागि २१ जेठमै पुनः सूचना प्रकाशन गरिएको छ ।
प्रतियोगितामा पुरुष फुटबलतर्फ प्रथम हुने टिमले नगद १ लाख र उपविजेता हुनेले टिमले ५० हजार, ट्रफी, मेडल प्रमाणपत्र पुरस्कार पाउने भएका छन् । त्यस्तै महिला भलिबलतर्फ विजयी टिमले ५० हजार र उपविजेता टिमले ३० हजार ट्रफी, मेडल प्रमाणपत्र पुरस्कार पाउने खेलकुद विकास समिति इन्द्रसरोवरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्