
मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १२ स्थित लितीमा खानेपानी ट्याङ्की र धारामा रंङरोगन गरेर चिटिक्क पारिएकको छ । वडा नम्बर १२ मा निर्माण भएको लिती खानेपानी आयोजनाको ट्याङ्की र धारामा रंङरोगन अमेरिकाबाट आएका पाहुनाले गरेका हुन् ।
खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा सहभागी हुन आएका उनीहरु मनोरञ्जनात्मक कार्यक्रममा सहभागितासँगै स्थानीयको सहयोगमा जुटेका थिए । थाहा नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष टिकाराम स्याङ्तानले अमेरिकाको विभिन्न राज्यबाट नेपाल आएका अमेरिकी नागरिकले खानेपानी आयोजनाको ट्याङ्की र धारामा रंङरोगनका लागि २८ जेठ बिहानैबाट जुटेको बताए ।
विदेशी पाहुनाले स्थानीयको घरघरमा पुगेर धारामा रंङ्रोगन गरेको थिए । विदेश आएपछि गाउँमा रौनक र चहलपहल बढेको छ, वडाध्यक्ष स्याङ्तानले भने–‘हाम्रो र उनीहरुको भेषभुषा, रहनसहन परम्पराको बारेमा जानकारी गर्ने गराउने अवसर मिलेको छ ।’
प्रतिक्रिया दिनुहोस्