बागमती प्रदेश सरकारले थाहा नगरपालिकाको लागि २ करोड ४९ लाख २१ हजार रुपैयाँ सशर्त अनुदान दिने भएको छ । १ असारमा बागमती प्रदेश सरकारले सार्वजनिक गरेको बजेट मार्फत आगामि आर्थिक वर्ष २०८२/०८३ का लागि उक्त बजेट पठाउने भएको हो ।

बागमती प्रदेश सरकारले माझगाउँ स्थित मूल सडकदेखि महालक्ष्मी सडक हुँदै टोट्सी बस्ती जोड्ने सडक थाहा–९ का लागि ६० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । कृषि सिकाइ तथा स्रोत केन्द्र स्थापनाका लागि १० लाख, उत्पादनमा आधारित दुधमा प्रोत्साहन अनुदानका लागि ५ लाख, वैशीटोल दुईघरे सिंचाइ आयोजना, थाहा–५ का लागि २५ लाख, मौलिक चलचित्र छायाँङ्कन स्थल निर्माण थाहा–६ का लागि १० लाख, बज्रवाराही क्षेत्र सिसि टिभी जडान थाहा–६, का लागि ५ लाख, भोम्जन डाँडा सिन्तान टोल पन्तेपाखा सडकका लागि ४० लाख, माध्यमिक तहमा शुन्य दरबन्दी भएका सामुदायिक माध्यमिक विद्यालय शिक्षा सहयोग कार्यक्रम (कक्षा ११ र १२) का लागि ६ लाख ३४ हजार, शुन्य दरबन्दी भएका सामुदायिक माध्यमिक विद्यालयका लागि अनिवार्य विषय शिक्षकका लागि शिक्षण सहयोग अनुदान ५ लाख ६८ हजार रुपैयाँ बजेट प्राप्त भएको छ ।

आमाबाबु विहिन बालबालिका संरक्षण कार्यक्रमका लागि २४ हजार रुपैयाँ, अपाङ्गता भएका बालबालिकाको लागि सामुदायिक पुर्नस्थापना कार्यक्रमका लागि ३ लाख, एक विद्यालय एक नर्स कार्यक्रमका लागि ३३ लाख ९५ हजार, आधारभूत अस्पताल सुदृढिकरण १५ लाख, आग्रा स्वासथ्य चौकीय सुदृढिकरण थाहा–८ का लागि १५ लाख, आधारभूत स्वास्थ्य सेवा सुदृढिकरण थाहा–१ का लागि १० लाख र टौखेल शहरी स्वास्थ्य केन्द्र सञ्चालन अनुदान ५ लाख रुपैयाँ सशर्त अनुदान विनियोजन भएको छ ।

थाहानगरलाई प्रदेश विशेष र समपूरकको बजेट ३ करोड ५३ ला

मकवानपुरको थाहा नगरपालिकाको लागि आर्थिक वर्ष २०८२/०८३ मा विशेष अनुदान ६५ लाख र समपूरक अनुदान २ करोड ८८ लाख रुपैयाँ विनियोजन भएको छ ।

प्रदेशले थाहानगरका लागि झमेडाँडा ऐसेलुखर्क पुरानोखानी गाउँ मोरिया सुलीकोट खानेपानी आयोजना थाहा ८ लाई विशेष अनुदानको योजनाको रुपमा छनोट गरेको छ ।
थाहाका लागि ३ वटा समपूरक अनुदानका लागि बजेट विनियोजन भएको छ । प्रदेशले समपुरक नौखण्डे लिती जगडाँडा सडक थाहा ११ र १२ लाई १ करोड ८ लाख बजेट विनियोजन गरेको हो । त्यस्ते भकुण्डेबास काभ्रेखर्क भन्ज्याङ सिम्ली सडक थाहा–८ का लागि ८० लाख र शिखरकोट रुप्से सडक थाहा ४ का लागि १ करोड समपूरक बजेट विनियोजन गरेको छ ।

समपूरक अनुदानबाट सञ्चालन हुने उक्त आयोजनाका लागि प्रदेश सरकारले विनियोजन गरेको रकम कुल लागतको ४० प्रतिशत मात्र हो । नयाँ कार्यविधि अनुसार उक्त आयोजनाहरुका लागि ६० प्रतिशत बजेट थाहा नगरपालिकाले विनियोजन गर्नुपर्ने प्रावधान रहेको छ ।

पालिका प्रेस
थप जानकारी