मकवानपुर थाहा नगरपालिकाले स्थानीय पठ्यक्रम थाहा ज्ञानमालाको पुनरावलोकन गर्दै नैतिक शिक्षा समाबेश गर्ने भएको छ । ७ असारमा नगर प्रमुख विष्णु बहादुर विष्टले सभामा पेश गरेको नीति तथा कार्यक्रममा यस्तो उल्लेख गरिएको हो । नगरपालिकाले तामाङ भाषाको पाठ््यक्रमको कार्यक्रमलाई निरन्तरता दिइने पनि नीतिमा समेटिएको छ ।

कक्षा १ देखि ५ मा कम विद्यार्थी भएका विद्यालयहरुमा मल्टी ग्रेड मल्टी लेभलका कार्यक्रम सञ्चालन गरिने भएको छ । प्रधानाध्यापकको आवधिक मुल्याङ्कन गर्ने र प्र. अ. सँग अन्य सबै शिक्षकहरुको करार सम्क्षौता गरी सिकाइ उपलब्धि अभिबृद्धि गर्ने, आर्थिक वर्ष २०८२÷०८३ देखि आधारभूत तहको शिक्षा अनिवार्य र माध्यमिक तहको शिक्षा निःशुल्क गर्नको लागि विद्यालयस्तरको आवधिक, वार्षिक परीक्षाको सञ्चालन र व्यवस्थापन नगरपालिकाबाट सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था निरन्तरता दिइने, विद्यार्थी सँख्या र भूगोल समेतका आधारमा विद्यालयको समायोजन र दरबन्दी मिलानको कार्य गरिने नीतिमा छ ।

नगर शिक्षा ऐन, नीति, कानुन तथा योजना निर्माणका लागि आवश्यक व्यवस्था यसै आ. व. मा सम्पन्न गरिने, स्वःउत्प्रेरित शिक्षकले मात्र सिकाउछन भन्ने यथार्थलाई आत्मसात गर्दै शिक्षकलाई स्वःउत्प्रेरणात्मक शैक्षिक जागरण कार्यक्रम सञ्चालन गरिने, शिक्षा क्षेत्रलाइ सर्वसुलभ गुणस्तरिय शिक्षाको अवधारणा बमोजिम अगाडि बढाइने थाहानगरको नीति छ ।

पालिका प्रेस
थप जानकारी