श्रीकृष्ण जन्माष्टमीको अवसरमा मकवानपुरको थाहा नगरपालिका स्थित शिखरकोटमा विविध कार्यक्रम हुने भएको छ । ३० साउनबाट ‘सडकमा खाऔं, सडकमै रमाऔं” नारासहित फुड फेस्टिभल, ३१ साउनमा श्रीकृष्ण जन्माष्टमी जात्रा र भाद्र १ ऐतिहासिक घैँटो फुटाउने प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएको छ ।

कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति, विभिन्न परिकारका स्टलहरू, लिटिल राधाकृष्ण प्रतियोगिता र भजन कीर्तन पनि हुनेछ । कार्यक्रममा सहभागी हुने प्रमुख कलाकारहरूमा विश्व नेपाली, प्रतिभा अर्याल, धिरज राई, विश्व दोङ, रमेशराज भट्टराई, सरोज लामिछाने रहेका छन्।

थाहा नगरपालिका, बजार व्यवस्थापन समिति शिखरकोट, गोपाली समाज, शिखर क्लव, नवजागृत पुस्तकालय, दामन चेली समाज, फरक सोच, थाहानगर ब्याडमिन्टन संघ र लायन्स क्लव अफ थाहा पिसको आयोजनामा कार्यक्रम हुनेछ । कार्यक्रमको अफिसिय मिडिया पालिका प्रेस डटकम रहेको छ ।

पालिका प्रेस
थप जानकारी