मकवानपुर थाहा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा क्षयरोग कार्यक्रमको पालिकास्तरीय वार्षिक समीक्षा तथा कोहर्ट विश्लेषण कार्यक्रम भएको छ । थाहा नगरपालिकाका प्रमुख बिष्णु बहादुर बिष्ट र प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानसहित नगरपालिका भित्र रहेका सबै स्वास्थ्य केन्द्रका प्रमुखहरुको उपस्थितिमा समीक्षा कार्यक्रम भएको हो।

समीक्षा कार्यक्रममा थाहा नगरपालिका भित्र रहेका क्षयरोगका बिरामीहरुको अवस्था र उपचारको बारेमा जानकारी दिइएको थियो। नगरपालिकामा आर्थिक बर्ष २०८१÷०८२ मा ६५ जनाको उपचार पूरा भएको र ८८ जनाको खकार परीक्षण गरिएको जानकारी गराउदै खकार पोजेटिभ भएको बिरामीको ६३ प्रतिशतको उपचार सफल रहेकोमा ७७.५४ प्रतिशत रोग पत्ता लागेको समिक्षामा जानकारी दिइयो ।

आर्थिक बर्ष २०८१/०८२ मा १४ जना महिला र १६ जना पुरुषमा रोग पत्ता लागेकोमा १ जनाको मृत्यु भएको थाहा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए । राष्ट्रिय क्षयरोग कार्यक्रमलाई बिरामी केन्द्रित, व्यवस्थित, उपचारमुखी र उपलब्धी मुलक बनाउने र कार्यक्रम संचालनमा देखिएका समस्यालाई सम्बोधन गर्दै उपचार केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई क्षयरोग उपचार व्यवस्थापनबारे ज्ञान् सीप अध्यावधिक गर्ने र राष्ट्रिय क्षयरोग कार्यक्रमहरुको सुचकहरुको प्रगति विश्लेषण तथा समस्या पहिचान गरि समाधानका उपाय विश्लेषण गर्न कार्यक्रमले मद्दत गर्ने स्वास्थ्य शाखा प्रमुख बलामीले बताए।

पालिका प्रेस
थप जानकारी