थाहानगर खानेपानी व्यवस्थापन बोर्डले वर्षात्का बेला हैजा तथा झाडापखालाको जोखिम रहने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । बोर्डले सूचना तथा सन्देशहरु प्रकाशन गर्दै रोग फैलिन नदिन तत्काल सतर्कता अपनाउन नगरवासीलाई आग्रह गरिएको छ ।

‘हैजा र झाडापखाला जस्ता महामारीजन्य रोगको रोकथाम सबैको साझा जिम्मेवारी हो,’ सन्देशमा भनिएको छ । बोर्डले अपील गर्दै पिउने पानी अनिवार्य उमालेर वा पियूष, वाटर गार्ड, क्लोरिन प्रयोग गरी मात्र सुरक्षित रुपमा पिउन, खानपानमा विशेष ध्यान दिन, खानेकुरा राम्ररी पकाएर मात्र सेवन गर्ने र फलफूल तथा काँचो खानेकुरालाई शुद्ध पानीले धोएर मात्र प्रयोग गर्न सुझाव दिएको छ ।

नियमितरुपमा सर सफाइमा ध्यान दिन, पटकपटक हातधुने बानी बसाल्न र वरपर सफा राख्न अनुरोध गरिएको छ । त्यस्तै, कतै पाइप फुटी पानी लिकेज भएमा तत्काल बोर्डलाई जानकारी गराउन आग्रह गरिएको छ ।

पालिका प्रेस
थप जानकारी