मोरङको जहदा गाउँपालिकाका ८ जना किसानलाई पावरटिलर वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई मोरङले तरकारी जोनसँग आबद्ध किसानलाई पावर टिलर हस्तान्तरण  गरिएको हो ।

परियोजनाले सञ्चालन गरेको तरकारी जोन कार्यक्रममा आबद्ध  जहदा  गाउँपालिकाका   किसानलाई ५० प्रतिशत अनुदानमा  पावर टिलर वितरण गरेको परियोजनाले जनाएको छ । पावर टिलर खरिद गरिएको मूल्यमा ५० प्रतिशत किसानले ५० प्रतिशत परियोजनाले व्यहोरेको छ   । खेत जोत्न साथै सिचाई तथा ढुवानीका लागी समेत सो पावरटिरल  प्रयोग गर्न सकिने छ ।

पालिका प्रेस
थप जानकारी