मकवानपुरको थाहा नगरपालिकाले यस वर्षको तिहार पर्व सुरक्षित, सभ्य र सांस्कृतिक रूपमा मनाउन नगरवासीहरूलाई आग्रह गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेलले सार्वजनिक सन्देश जारी गर्दै चाडपर्व मनाउने क्रममा पटका, आतिशबाजी, जुवा–तास र मदिराजन्य पदार्थको दुरुपयोगबाट टाढा रहन सबैलाई अनुरोध गरेका छन् ।
सन्देशमा उल्लेख छ, “तिहार, देउसी–भैलो तथा विभिन्न सांस्कृतिक गतिविधिहरूमा रमाउने क्रममा प्रज्वलनशील पदार्थ, आतिशबाजी र जुवातासको प्रयोग नगरौं। यस्ता क्रियाकलापले स्वास्थ्य, सुरक्षा तथा सामाजिक सद्भावमा नकारात्मक असर पु¥याउने भएकाले जिम्मेवार नागरिक भएर पर्व मनाऔं।” नगरपालिकाले विशेष गरी युवापुस्तालाई सचेत रहन र सुरक्षित, स्वच्छ र सामूहिक सद्भावपूर्ण वातावरणमा दीपावली मनाउन आग्रह गरेको छ।
साथै, नगरपालिकाले सरसफाइ, प्रकाश सजावट र घर–आँगनको सौन्दर्यमा ध्यान दिन समेत आग्रह गरेको छ । थाहा नगरपालिकाको सन्देशमा भनिएको छ– “उज्यालोको यो पर्वले सबैमा प्रेम, शान्ति, समृद्धि र सु–स्वास्थ्यको उज्यालो फैलाओस्, यही हाम्रो शुभकामना हो।”












































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्