मकवानपुरको कैलाश गाउँपालिका–७ को बिलाउने टोललाई पूर्णसरसफाई उन्मुख तथा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ । बुधबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले दुबै समुदायलाई घोषणा गरेका हुन् ।

कार्यक्रममा अध्यक्ष मुक्तानले सुरक्षित खानेपानी प्रयोग गर्न पाउनु प्रत्येक नागरिकको मौलिक हक भएको र एकघर एकधारा पु¥याउने लक्ष्यअनुरुप विभिन्न संस्थासँगको साझेदारीमा गाउँपालिकाले खानेपानी र सरसफाइमा काम गर्दै आइरहेको बताए । सरसफाइ र खानेपानी परिपुरक रहेकाले सबैले त्यसतर्फ ध्यानदिनु जरुरी रहेको अध्यक्ष मुक्तानको भनाई छ । ‘विभिन्न मापदण्डमा रहेर गरिएकोमा यसको लागतसाझेदारी छ, दीगोपना बनाउनु पर्ने हाम्रो कतव्र्य हो,’ मुक्तानले भने । मर्मतसम्भार र संरक्षणको काम अब समितिको रहेको उनले बताए ।

खानेपानीको मुहान दर्ता गर्नुपर्ने बताउँदै अध्यक्ष मुक्तानले मुहानको बीमा गरिए विपद्को अवस्थामा बीमा रकमले निर्माण गर्न सकिने बताए । वडा ७ का वडाध्यक्ष उदासकुमार भोलनको सभाध्यक्षतामा भएको विलाउने टोलको कार्यक्रममा नेपाल ग्रामीण पुनर्निर्माण संस्थाका जिल्ला संयोजक लीलबहादुर कार्की, वडा ७ का वडासचिव युगचन्द्र भट्टराई, स्वास्थ्यचौकीका प्रमुख मेनका ठाकुर, बिलाउने खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष नीर शंकर मुक्तान लगायतको आतिथ्यता रहेको थियो । बिलाउने टोलमा २६ घरधुरी लाभान्वित रहेको जिल्ला संयोजक कार्कीले बताए ।

कार्यक्रममा वडाध्यक्ष प्रजाले मुहानदेखि धारासम्मको संरक्षण हाम्रो दायित्व हो, लामा समयपछि रुपराङमा घरघरमा पानी आएको अवस्था छ, हामीले साझेदारी कार्यक्रमअन्तरगत अर्को टोलमा पनि कार्यक्रम गरिने बताए । आरआरएन, जर्मन सरकारको डब्लुएचएच संस्थाको सहयोगमा गाउँपालिकाले साझेदारीमा खानेपानीको क्षेत्रमा काम गर्दै आइरहेको छ । कैलाशको वडा ७ र ८ मा पहिलो पटक एकघर एकधारा अभियानअन्तरगत यी दुई टोल घोषणा गरिएको संयोजक कार्कीले बताए ।

पालिका प्रेस
थप जानकारी