मकवानपुरको भीमफेदी गाउँपालिका—३ स्थित इक्चुङमा सामुदायिक स्वास्थ्य सेवाकेन्द्र भवनको शिलान्यास भएको छ । गाउँपालिका र च्वाइस नेपालको संयुक्त लगानीमा निर्माण हुन लागेको भवनको गाउँपालिका अध्यक्ष हिदम लामाले शिलान्यास गरेका हुन् ।

६ महिनाभित्र निर्माण कार्य सक्नेगरी ४५ लाख रुपैयाँको लागतमा भवन बन्ने लामाले बताउनुभयो । एकतल्लाको ४ कोठे भवन बन्नेछ । गाउँपालिकाको अन्य ८ वटा वडामा पुरानै भवनहरुमा स्वास्थ्य सेवाकेन्द्र सञ्चालन भइरहेको छ । शिलान्यास गरिएको भवन बनेपछि गाउँपालिकाको ९ वटै वडामा स्वास्थ्य सेवाकेन्द्र सञ्चालन हुने उनले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी