नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ २९ मंसिरमा मकवानपुरको थाहानगर आउँदैछन् । पूर्व गृहमन्त्री समेत रहेका श्रेष्ठ नेपाली कम्युनिष्ट पार्टी (नेकपा) थाहानगरले आयोजना गरेको एकता भेलामा आउन लागेका हुन् ।
थाहाको पालुङ जेसिज सभाहलमा हुने भेलाको प्रमुख अतिथी समेत रहेका नेता श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उक्त भेलालाई नेकपाकी नेतृ मुनु सिग्देललगायत जिल्लास्तरीय नेताहरूको समेत उपस्थिती रहने नेकपाका थाहानगर अध्यक्ष बिनोद लामाले जानकारी दिए ।
पार्टी एकता पछिको नियमित कार्यक्रमअन्तर्गत आयोजना गरिएको पालिकास्तरीय भेलाको तयारी पूरा भएको अध्यक्ष लामाले प्रतिक्रिया दिए । भेलामा पार्टी एकतापछिको संगठनात्मक अवस्था, आगामी कार्यदिशा तथा स्थानीय राजनीतिक गतिविधिबारे छलफल हुने बताइएको छ ।


















































पालिका प्रेस 











प्रतिक्रिया दिनुहोस्