मकवानपुर थाहा नगरपालिका वडा नम्बर ३ का परिक्षित रायमाझी सम्मानित भएका छन् । एमबीबीएस अध्ययनका लागि लिइएको प्रवेश परीक्षामा नवौँ स्थानसहित उतीर्ण भएका रायमाझीलाई थाहा नगरपालिका वडा नम्बर ३ ले रायमाझीलाई एकलाख नगदसहित सम्मान गरेको हो ।
आर्थिक वर्ष २०८२/०८२ का शैक्षिक प्रवद्र्धन कार्यक्रम अन्तर्गत ३ नम्बर वडाले २८ मंसिरमा एक कार्यक्रमकाबीच सम्मान गरेको हो । वडाले शिक्षा क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गर्ने विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान प्रदान गरेको वडा अध्यक्ष हिरेन्द्र कुमार रायमाझीले बताए । अघिल्लो आर्थिक बर्षमा पनि वडाले एमबिबिएस प्रवेश परीक्षामा उतीर्ण थाहा ३ कटुवाल डाँडाका परिवर्तन स्याङ्तानलाई पनि शैक्षिक प्रवद्र्धन कार्यक्रम अन्तर्गत नगद एक लाख सहित सम्मान गरिएको थियो ।
सम्मान कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख बिष्णु बहादुर बिष्ट, प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल, समुदायमा आधारित प्रशामक सेवाका प्रमुख चिनिया लामा, समाजसेवी अरुण रायमाझी, परिक्षित रायमाझीका अभिभावक लगायतका उपस्थिति रहेको थियो।
सम्मान ग्रहण गर्दै रायमाझीले प्राप्त सहयोग र सम्मानले थप मेहनत गर्न प्रेरणा मिलेको बताए । उनले वडा कार्यालयप्रति आभार समेत व्यत्तः गरे । कार्यक्रममा वडाध्यक्ष रायमाझीले आगामी दिनमा पनि शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थीलाई निरन्तर प्रोत्साहन गर्ने प्रतिबद्धता जनाए ।


















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्