हेटौंडा जेसिज वर्ष २०२६ अध्यक्ष पदमा सन्तोष पराजुली निर्वाचित भएका छन् । १२ पुसमा हेटौंडामा सम्पन्न शाखाको अधिवेशनमा आफ्ना प्रतिस्पर्धी जीवन ढकाललाई पराजित गर्दै पराजुली विजयी भएका हुन् ।

मतगणना अनुसार पराजुलीले १ सय ७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी ढकालले ७८ मत मात्र पाए । मतदानका क्रममा कुल १ सय ८७ मत खसेको थियो । २ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । अध्यक्षसँगै पराजुलीको प्यानल नै बिजयी भएको छ । उनको प्यानलबाट कार्यकारिणी उपाध्यक्षका उम्मेदवार संजय कुमार न्यौपाने र विपिन ताम्राकारसहित उपाध्यक्षका उम्मेदवारहरु विवेक बानिया, अशोक सिंह, विनोद वाग्ले र सृजनराज बज्राचार्य निर्विरोध निर्वाचित भएका छन् ।

विजयी भएपछि नवनिर्वाचित अध्यक्ष पराजुलीले जेसिजको मर्मअनुसार युवाहरुको व्यक्तित्व र नेतृत्व विकासमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले हेटौंडा जेसिजलाई थप उचाइमा पु¥याउन सबै पक्षलाई समेटेर अघि बढ्ने बताएका छन् ।

हेटौंडा जेसिज युवाहरूको नेतृत्व तथा व्यक्तित्व विकासमा सक्रिय संस्था हो । जेसिज पदाअधिकारीहरुको एक वर्षे कार्यकाल हुने विधानमा व्यवस्था छ ।

पालिका प्रेस
थप जानकारी