निर्माणधिन पालुङ अस्पतालको थ्रिडी तस्वीर ।

थाहानगरको प्रस्तावित १५ शैया पालुङ अस्पतालको रुपमा सेवा प्रवाह भइरहेको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रले विपन्न कोषको व्यवस्था गर्ने भएको छ । स्वास्थ्य संस्था व्यवस्थापन समितिका अध्यक्ष नारायण लामाको अध्यक्षतामा बसेको बैठकले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि विपन्न बिरामीहरूको उपचार सहयोगका उद्देश्यले कोषका लागि वार्षिक रुपमा २ लाख रुपैयाँ छुट्याउने निर्णय गरेको हो ।

बैठकले स्वास्थ्य केन्द्र व्यवस्थापन समितिको कोषबाट उक्त रकम विनियोजन गर्ने निर्णय गरेको हो । कोषबाट विपन्न बिरामीहरूलाई प्रति बिरामी तीन हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने जनाइएको छ । आर्थिक अभावका कारण उपचारमा समस्या भोगिरहेका नागरिकलाई राहत प्रदान गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको व्यवस्थापन समितिका सदस्य उर्मिला गोपालीले बताइन् । उनले यस निर्णयले स्थानीय स्तरमा स्वास्थ्य सेवामा पहुँच बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।

स्वास्थ्य केन्द्रले प्रक्रिया पूरा गरेका विपन्न बिरामीहरूलाई प्राथमिकताका आधारमा सहयोग उपलब्ध गराउने जनाएको छ ।

यसैबीच संघीय सरकारको लगानीमा १५ शैयाको पालुङ अस्पताल निर्माणाधिन छ । सुविधा सम्पन्न उक्त अस्पताल चालु आर्थिक वर्षभित्रै निर्माण सक्ने लक्ष्य लिइएको छ ।

पालिका प्रेस
थप जानकारी