नेकपा एमालेले मकवानपुरका दुईवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ । आउँदो २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वारी दर्ता गराएको हो ।
मकवानपुर क्षेत्र नम्बर–१ बाट एमाले केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर रानाले उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा गोपाल प्रसाद दाहाल र समर्थकमा इन्द्रमान स्याङ्तान छन् ।
त्यस्तै, मकवानपुर क्षेत्र नम्बर–२ बाट नेकपा एमालेका केन्द्रीय सदस्य तथा निवर्तमान सांसद महेश कुमार बर्तौलाले उम्मेदवारी दर्ता गराएकाछन् । उनको प्रस्तावकमा राजाराम स्याङ्तान र समर्थकमा सुवासचन्द्र ठकुरी रहेका छन् ।
एमालेबाट टिकट प्राप्त गरेका राना र बर्तौलाले ६ माघ दिउँसो एमाले मकवानपुरको पार्टी कार्यालयमा भेला भई ¥यालीसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

















































पालिका प्रेस 

















प्रतिक्रिया दिनुहोस्