मकवानपुरको २ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जनाको उमेदवारी दर्ता भएको छ । मकवानपुर १ मा १० स्वतन्त्रसहित २३ र मकवानपुर २ मा ५ स्वतन्त्रसहित २१ जनाको उमेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन कार्यालयका अनुसार क्षेत्र नम्बर–१ मा स्वतन्त्रतर्फ अमर दंगाल, अमिक परियार, टिका प्रसाद चौलागाई, प्रमिला कुमारी खतिवडा, मठु पुलामी मगर, राकेश कुमार शर्मा, राजकुमार खड्का, राजाराम बोगटी, सुशिला सुवेदी र ज्ञानसागर लामा रहेका छन्।
त्यसैगरी राजनीतिकदलहरुको तर्फबाट नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी)बाट रामेश्वर राना मगर, नेपाली कम्युनिष्ट पार्टीबाट विजय गौतम, नेपाली काँग्रेसबाट महालक्ष्मी उपाध्याय (डिना), प्रगतिशील लोकतान्त्रिक पार्टीबाट तेजप्रसाद उप्रेती, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दिपकबहादुर सिंह, जनता समाजवादी पार्टी (एकल चुनाव चिन्ह)बाट दिपक सिन्तान, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाश गौतम, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट महेश नेपाली, मंगोल नेशनल अर्गनाइजेसनबाट युवराज लामा, नेपाल मजदुर किसान पार्टीबाट रंजना सुवाल मगजु, जनता समाजवादी पार्टी नेपालबाट रुपक लामा, श्रम संस्कृति पार्टीबाट विद्या श्रेष्ठ (महर्जन) र उज्यालो नेपाल पार्टीबाट सुरेन्द्र लामा रहेका छन्।

त्यसैगरी क्षेत्र नम्बर–२ मा स्वतन्त्र उम्मेदवारतर्फ अमृत बल, कृष्णराम श्रेष्ठ, प्रतिक्षा बानियाँ, रमेश आचार्य र सितामाया बलले ६ माघमा उमेदवारी दर्ता गराएका छन् ।
दलतर्फ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) बाट महेशकुमार बर्तौला, नेपाली कम्युनिष्ट पार्टीबाट लवशेर विष्ट, नेपाली काँग्रेसबाट बुद्ध लामा, जनता समाजवादी पार्टी (एकल चुनाव चिन्ह)बाट छविलाल वाइवा, राष्ट्रिय जनमोर्चाबाट निरबहादुर सिन्तान, उज्यालो नेपाल पार्टीबाट प्रविन कुमार स्याङतान, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रशान्त उप्रेती र रामबहादुर थोकरले उमेद्वारी दर्ता गराएका छन् ।

त्यस्तै श्रम संस्कृति पार्टीबाट युनेश लामा सिन्तान, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट राम घलान, संयुक्त नागरिक पार्टीबाट शुभराज प्रजा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सन्तोष विष्ट, नेपाल मजदुर किसान पार्टीबाट सरोज तामाङ, नेशनल रिपब्लिक नेपालबाट सुर्य तामाङ बल, आम जनता पार्टी (एकल चुनाव चिन्ह)बाट सूर्य राई तथा मंगोल नेशनल अर्गनाइजेसनबाट हिरालाल स्याङतानले ६ माघमा उमेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

















































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्