मकवानपुर प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले राक्सिराङ गाउँपालिका–८ र कैलाश गाउँपालिका–८ मा आफ्नो चुनावी प्रचार–प्रसार अभियानलाई तीव्र बनाएको छ। घरदैलो कार्यक्रम, टोलभेला, युवा–महिला अन्तरक्रिया तथा मतदाता भेटघाटमार्फत पार्टीले संगठन विस्तार र मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएको जनाएको छ।

यसैबीच राक्सिराङ–८ मा अन्य दल परित्याग गर्दै ३६ जना स्थानीय कार्यकर्ता तथा समर्थक एमालेमा प्रवेश गरेका छन्। नबप्रबेसिलाई नेकपा एमाले मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार महेश कुमार बर्तौला ले खादा र पार्टीको लोगो प्रदान गरेर औपचारिक रुपमा पाटिमा स्वागत गरेका हुन पाटी प्रबेस कार्यक्रममा बोल्दै बर्तौलाले विकास, सुशासन र पारदर्शितालाई प्राथमिक एजेन्डा बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे उनले नब प्रबेसी साथिहरुलाइ उचित जिम्मेवारी दिन नेकपा एमाले पालिका कमिटिलाइ आग्रह गर्दै उनने कृषि उत्पादनमा वृद्धि, स्थानीय पूर्वाधार सुदृढीकरण युवालाई सीपमूलक तालिम र रोजगारीका अवसर सिर्जना तथा शिक्षा–स्वास्थ्य सेवाको पहुँच विस्तार मुख्य योजना रहेका बताएका छन जनताको विश्वासलाई परिणाममुखी काममार्फत प्रमाणित गर्ने उनको भनाइ छ कार्यक्रममा स्थानीय अगुवा, युवा प्रतिनिधि तथा महिला समूहका सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

नवप्रवेशीहरूले यश क्षेत्रको दीर्घकालीन विकास र स्थायित्वका लागि एमालेको नीति तथा नेतृत्व उपयुक्त ठानेर पार्टी रोजेको बताएका छन्। एमालेले आगामी दिनमा निर्वाचन क्षेत्रको सबै ठाउमा संयुक्त सभा पाटिको नीति–एजेन्डा सार्वजनिक कार्यक्रम र घरदैलो अभियानलाई अझ सशक्त बनाउने जनाएको छ।

निर्वाचन मिति नजिकिँदै जाँदा चुनावी प्रचारप्रसारलाई अझ ससक्त बनाएर लैजाने जनाएको छ

पालिका प्रेस
थप जानकारी