थाहा नगरपालिका–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीको १४ गते वडा भेला सम्पन्न भएको छ।
जिल्ला सदस्य राजकुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले नयाँ वडा कमिटी सर्वसम्मत रूपमा चयन गरेको छ। नयाँ वडा कमिटीमा सभापतिमा कबिन अमात्य, उपसभापतिमा स्मृति गोपाली, सचिवमा अरुण तामाङ, कोषाध्यक्षमा दिपक बलामी चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा दुर्गा गोपाली, रोहितमान श्रेष्ठ, रत्न तामाङ, पदम बहादुर तामाङ, अजय तामाङ, राजकुमार गोपाली, भरत गोपाली तथा दिलिप गोपाली सर्वसम्मत रूपमा चयन भएका छन्।
कार्यक्रममा संगठनलाई थप सशक्त बनाउँदै वडा तहमा सक्रिय रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।


















































पालिका प्रेस 












प्रतिक्रिया दिनुहोस्