विद्यालय त्यस्तो मन्दिर हो जहाँ अन्धविश्वास र असामाजिक मान्यताहरू तोड्न बालबालिकालाई शिक्षित गराइन्छ । तर, बाजुराको सदरमुकामनजिकैको एक विद्यालयमा शिक्षिकालाई नै महिनावारी हुँदा विद्यालयमा निषेध गर्ने गरिएको छ ।

बडिमालिका नगरपालिका– ८ रतुडास्थित जनप्रकाश आधारभूत विद्यालयमा अध्यापन गर्ने शिक्षिका निरा विष्टले छाउ (महिनावारी) हुँदा विद्यालय प्रवेश गर्न नपाएको बताइन् । विद्यालयनजिक रतुडो देउताको मन्दिर रहेको र छाउ भएको वेला विद्यालय जाँदा देउता रिसाउने भन्दै नजान भनिएको उनले बताइन् । ‘छाउ भएको वेला स्थानीयले विद्यालय नजान भनेका छन् । त्यसैले जाने गरेकी छैन,’ उनले भनिन् ।

बडिमालिका नगरपालिकाले ०७८ मा सबै वडालाई छाउगोठमुक्त घोषणा गर्न अभियान चलाएको थियो । कोभिडका कारण छाउपडीमुक्त घोषणा गर्न ढिलाइ भएको नगरपालिकाले जनाएको छ । नगर उपप्रमुख कविता विष्टले छाउपडीको अन्धविश्वासमा नलाग्न स्थानीयलाई आग्रह गरेकी छिन् ।

पालिका प्रेस
थप जानकारी