बागमती प्रदेश अन्तर्गतका स्थानीय तहहरुले २१ वैशाखसम्म आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटतथा कार्यक्रम माग गरिसक्न परिपत्र गरेको छ । प्रदेश सरकारले पालिकाहरुलाई परिपत्र र सार्वजनिक सूचना समेत गरेर समयमै आयोजना प्रस्ताव पेस गर्न आह्वान गरेको हो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा जारी निर्देशिकाअनुसार २१ वैशाख २०८३ भित्र सम्बन्धित कार्यान्वयन इकाई कार्यालयमा आयोजना विवरण बुझाउन भनेको छ । मन्त्रालयले ‘बजेट तर्जुमाका लागि वार्षिक आयोजना प्रस्ताव तथा छनौट सम्बन्धी निर्देशिका, २०८३’ कार्यान्वयनमा आइसकेको जानकारी दिँदै प्रस्ताव गरिने आयोजनाहरू तथ्यपरक, जनमुखी र नतिजामुखी हुनुपर्नेमा जोड दिएको छ ।

पत्रमा आयोजनाको पहिचान, प्रस्ताव तयारी र छनौट प्रक्रियालाई व्यवस्थित बनाउन स्पष्ट मापदण्ड तय गरिएको मन्त्री तामाङले बताए । स्रोत–साधनको सीमितता ध्यानमा राख्दै प्रभावकारी र उपयोगी योजनाहरू छनौट गर्नुपर्ने उनको धारणा छ ।

पालिका प्रेस
थप जानकारी