आर्थिक वर्ष २०८३/०८४ का लागि बागमती प्रदेशबाट प्रदेश भित्रका स्थानीय तहहरुलाई हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदानको अनुमानित बजेटको विवरण स्थानीय तहहरुलाई पठाएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशका १ सय १९ वटै स्थानीय तहमा बजेटको अनुमानित विवरण पठाएको हो । मन्त्रालयले १० वैशाखको निर्णय अनुसार पालिकाहरुलाई कुल १ अर्ब ४९ करोड ५५ लाख अनुमानित बजेटको पठाएको मन्त्रालयका अधिकृत इन्द्रराज संज्यालले जानकारी दिए ।
स्थानीय तहलाई मन्त्रालयले समानीकरण अनुदानमा तीन किसिमको बजेट समावेश गरी पठाएको छ । मन्त्रालयले प्रदेशका सबै स्थानीय तहमा न्यूनतम अनुदान अन्तर्गत २१ करोड, १९ लाख ७५ हजार, सुत्रमा आधारित १ अर्ब २२ करोड ३७ लाख ५ हजार र कार्य सम्पादनमा मूल्याङकनमा आधारित ५ करोड ९८ लाख २० हजार रुपैयाँ बजेट पठाएको हो । स्थानीय तहलाई बजेट पठाउँदा प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसलाई समेत आधार मानिएको छ ।
बागमती प्रदेशबाट मकवानपुरमा सबैभन्दा बढि हेटौंडा उपमहानगरपालिकाले २७ करोड ७० लाख ३ हजार समानीकरण अनुदान पाएको छ । यसमा न्यूनतम अनुदान ३२ लाख २० हजार, सुत्रमा आधारित २ करोड ४० लाख ३२ हजार र कार्य सम्पादनमा आधारित ४ लाख ५१ हजार बजेट रहेको छ ।
त्यस्तै सबैभन्दा कम इन्द्रसरोवर गाउँपालिकाले न्यूतमतर्फ १३ लाख ३० हजार, सुत्रमा आधारित ४२ लाख ११ हजार र कार्यसम्पादनमा आधारित ३ लाख ७० हजार गरी कुल ५९ लाख ११ हजार बजेट पाउने भएको छ । थाहा नगरपालिकाले न्यूनतम १७ लाख १५ हजार, सुत्रमा आधारित ९० लाख ३३ हजार र कार्यसम्पादनमा आधारित ४ लाख ६९ हजार गरी कुल १ करोड १२ लाख १७ हजार बजेट पाउने भएको हो । कैलाश गाउँपालिकाले न्यूनतम १८ लाख ८० हजार, सुत्रमा आधारित ५८ लाख २१ हजार र कार्यसम्पादनमा आधारित ५ लाख १७ हजार गरी कुल ८१ लाख ९८ हजार बजेट पाउने भएको हो ।
राक्सिराङ गाउापालिकाले आगामि आर्थिक वर्षका लागि न्यूनतमतर्फ १८ लाख ६० हजार, सुत्रमा आधारित ६३ लाख ३४ हजार र कार्यसम्पादनमा आधारित ५ लाख ४९ हजार गरी कुल ८७ लाख ४३ हजार बजेट पाएको छ । मनहरी गाउँपालिकाले न्यूनतम १७ लाख ९५ हजार सुत्रमा आधारित ८९ लाख ४५ हनार र कार्यसम्पादनमा आधारित ४ लाख ७९ हजार गरी कुल १ करोड १२ लाख १९ हजार बजेट पाउने भएको छ ।

मन्त्रालयका अनुसार भिमफेदी गाउँपालिकाले न्यूनतम १८ लाख ६० हजार, सुत्रमा आधारित ६७ लाख ७९ हजार र कार्यसम्पादनमा आधारित ४ लाख १ हजार गरी कुल ९० लाख ४० हजार बजेट पाउने भएको छ । मकवानपुरगढी गाउँपालिकाले न्यूनतम १६ लाख ३५ हजार सुत्रमा आधारित ६६ लाख ६९ हजार र कार्यसम्पादनमा आधारित ४ लाख १० हजार गरी कुल ८७ लाख १४ हजार बजेट विनियोजन भएको छ । बकैया गाउँपालिकाले न्यूनतम २२ लाख ४५ हजार, सुत्रमा आधारित ८४ लाख ७९ हजार, र कार्यसम्पादनमा आधारित ४ लाख ८३ हजार गरी कुल १ करोड १२ लाख ७ हजार रुपैयाँ बजेट विनियोजन भएको छ । त्यसैगरी बागमती गाउँपालिकाले न्यूनतमतर्फ २१ लाख ६५ हजार, सुत्रमा आधारित ७१ लाख ८१ हजार र कार्यसम्पादनमा आधारित ५ लाख ५२ हवजार गरी कुल ९८ लाख ९८ हजार बजेट विनियोजन भएको मन्त्रालयले जनाएको छ ।
मकवानपुरका १० पालिकाहरुका लागि बागमती प्रदेश सरकारले न्यूनतम शीर्षकमा १ करोड ९६ लाख ८५ हजार, सुत्रमा आधारित ८ करोड ७४ लाख ८४ हजार र कार्यसम्पादनमा आधारित ४६ लाख ८१ हजार गरी कुल ११ करोड १८ लाख ५० हजार रुपैयाँ बजेट विभिनयोजन भएको मन्त्रालयले जनाएको छ ।

















































पालिका प्रेस 














प्रतिक्रिया दिनुहोस्